भारतले निर्वाचनका लागि चार सय गाडी दिने, १०६ वटा एक सातामै आइपुग्दै

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि भारतले चार सयवटा गाडी सहयोग गर्ने भएको छ। जसमध्ये पहिलो लट एक साताभित्र नेपाल आइपुग्ने भएको छ। 

गृह मन्त्रालयका अनुसार १०६ वटा गाडीको भन्सार छुटका लागि लेखिसकिएको छ । ‘करिब चार सय गाडी भारतबाट अनुदानस्वरूप आउँदै छ,’  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने, ‘त्यसमध्ये १०८ वटा एक साताभित्र आइपुग्नेछ ।’  

निर्वाचनका लागि सुरक्षा निकायहरूलाई गाडीको अभाव रहेकाले भारतबाट आउनेमध्ये धेरै सुरक्षा निकायलाई दिने तयारी छ। 

सुझावित समाचार