तीनपोखरी कप फुटबलको उपाधि सेकाहा क्लबलाई

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण
तीनपोखरी कप फुटबलको उपाधि सेकाहा क्लबलाई

पुरस्कार वितरण गर्दै अर्थमन्त्री विदुर सुब्बालगायतका अतिथिहरु ।

खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामाको उपाधि सेकाहा क्लबले जितेको छ। बिहीबार भएको फाइनल खेलमा मकालु फ्रेन्ड्स क्लबलाई २–१ को गोल अन्तरमा हराउँदै सेकाहा क्लबले उपाधि जितेको हो।

खेलको सुरुवातमा नै मकालु फ्रेन्ड्सका जीवन मास्केमगरले गोल गरी क्लबलाई अग्रता दिलाएका थिए। त्यसको केही समयपछि सेकाहा क्लबले गोलपोस्टनजिकै बल पुर्याउँदा मकालु फ्रेन्ड्स क्लबका खेलाडीले आत्मघाती गोल गरेका थिए। त्यसको केही समयपछि सेकाहा क्लबका अनिश आरडीले १ गोल थप गर्दै सेकाहालाई उपाधि दिलाए। खेलको दोस्रो हाफमा कसैले गोल गर्न सकेनन्।

प्रतियोगिताको म्यान अफ द म्याच सेकाहा क्लबका अनिश आरडी घोषित भए भने सर्वोकृष्ट खेलाडी सेकाहा क्लबका कृष्ण राई, सर्वोकृष्ट गोलकिपर सेकाहा क्लबका प्रविन लिम्बू र सर्वाधिक गोलकर्ता मकालु फ्रेन्ड्स क्लबका जीवन मास्केमगर र सेकाहा क्लबका ध्रुव सुब्बा घोषित भए।

विजेतालाई कोशी प्रदेश सरकारका अर्थमन्त्री विदुर सुब्बाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। २६ पुसदेखि सुरु भएको प्रतियोगिता आज समापन भएको हो। 

सुझावित समाचार