सन् १५३५ : इंग्ल्यान्डका राजा हेनरी आठौँले उनकी श्रीमती क्याथरिनसँगको सम्बन्धविच्छेदलाई स्वीकृति नदिएपछि रोमस्थिति क्याथोलिक चर्चबाट अलग गरेर उनको देशमा गठन गरेको ‘चर्च अफ इंग्ल्यान्ड’को प्रमुख आफैँलाई चुने । यस कदमले इंग्ल्यान्डलाई आजको प्रोटेस्टेन्ट मुलुक बनाउन सघायो ।
सन् १५८२ : इस्टोनिया र लात्भिया समेटिएको पुरानो लिभोनियन क्षेत्रका लागि ३० वर्षदेखि चलिरहेको युद्धको अन्त्यमा रुस अन्तत: यी भागमाथिको दाबी त्याग्न राजी भयो ।
सन् १८७० : अमेरिकाका दुई प्रमुख दलमध्ये डेमोक्रेटिक पार्टीको ‘पार्टी चिह्न गधा’ पहिलोपटक हार्पर विक्लीमा व्यंग्यका रूपमा प्रकाशित भयो ।
सन् १९०२ : अब्दुल अजिज इब्न साउद रातको समयमा ४० जनाको समूह लिएर रियाद अधिराज्य घेरेको पर्खाल नाघ्दै सो राज्य कब्जा गर्न सफल भए । योसँगै तेस्रो साउदी राज्यको सुरुवात भयो, जुन विस्तार हुँदै आएको साउदी अरब बन्न पुग्यो ।
सन् १९१९ : दुई चर्चित जर्मन समाजवादी नेताहरू रोजा लक्जेमबर्ग र कार्ल लिब्नेख्तलाई जर्मन सेनाले पक्राउपछि यातना दिएर मार्यो ।
सन् १९४३ : हजार आर्किटेक्ट र १४ हजार श्रमिकले तीन सिफ्टमा दिनरात काम गरेर १६ महिनामै विश्वको ठुलो प्रशासनिक भवन ‘पेन्टागन’को निर्माण पूरा गरे ।
सन् १९७३ : अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले पेरिस शान्ति सम्झौताको पूर्वसन्ध्यामा उत्तर भियतनाममा जारी सैन्य कारबाही रोकेको घोषणा गरे । त्यसको दुई महिनापछि अमेरिकाले भियतनामबाट आफ्नो सेना फिर्ता गर्यो ।
सन् १९७५ : पोर्चुगलले अफ्रिकी उपनिवेश एंगोलालाई मुक्त गर्ने सम्झौतामा हस्ताक्षर गर्यो । तथापि, सो देश सोही वर्ष नोभेम्बर ११ मा गएर मात्र पूर्ण रूपमा स्वतन्त्र भयो ।