गगन–विश्वप्रकाशलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पठाइयो

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरिएको कारबाहीसम्बन्धी जानकारी निर्वाचन आयोगलाई दिएको छ।

पार्टी विभाजनको प्रयास गरेको भन्दै उनीहरूलाई बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले निष्कासनको निर्णय गरेको हो। 

कांग्रेसले पार्टीले विशेष महाधिवेशन नगरेको भनेरसमेत आयोगलाई बुधबार नै जानकारी दिइएको छ। 

गगन–विश्वप्रकाश पक्षले भने बहुमत महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी भएकाले पार्टीको आधिकारिक आफूहरू हुने बताएका छन्। केन्द्रीय कार्यसमिति पहिले नै भंग भइसकेकाले त्यो बैठकको निर्णयको कुनै औचित्य नहुने गगन थापाको भनाइ छ। 
 

सुझावित समाचार