संस्थापन पक्षद्वारा कांग्रेस महामन्त्रीद्वय र सहमहामन्त्री मन्सुरलाई पार्टीबाट निष्कासन

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

बैठकले पदाधिकारीहरूलाई मात्रै कारबाही गरेको र अन्य केन्द्रीय नेतादेखि महाधिवेशन प्रतिनिधिसम्मलाई आफ्नो पार्टीको जिम्मेवारीमा फर्किन निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले दुई पक्षबिच भएका वार्ताबारे जानकारी गराउँदै महामन्त्रीद्वयको हठका कारण सफल हुन नसकेको जिकिर गरेका थिए।

महामन्त्री थापा र शर्मासँग बुधबार बिहान सभापति शेरबहादुर देउवाको छलफल निष्कर्षमा पुगेको थिएन। त्यसपछि पनि सभापति देउवा र महामन्त्रीका पक्षधरहरूबिच सहमतिको प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेन। 

महामन्त्रीद्वयका तर्फबाट पेस भएका विभिन्न मागमध्ये भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई प्रस्तुत गर्न संस्थापन पक्ष तयार भएन। सभापति देउवालाई नेतृत्वबाट निष्क्रिय हुन तथा पार्टी सञ्चालनका लागि हाइकमान्ड बनाउने माग पूरा गर्न संस्थापन पक्ष तयार नभएपछि वार्ता असफल भएको थियो।

सुझावित समाचार