कांग्रेसको केन्द्रीय समिति बैठक भोलिसम्मलाई स्थगित

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बुधबारसम्मलाई स्थगित भएकाे छ। मंगलबार दिउँसो १ बजेलाई बोलाइएको बैठक साँझ अबेर सुरु भएकाे थियाे।

यहीबिचमा सकारात्मक नतिजा आओस् भन्ने अपेक्षासहित बैठक सारिएकाे पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए। पार्टी एक भएर जानुपर्छ भनेर दिनभर छलफल भएको बताउँदै उनले बैठक भोलि बिहान ८ बजे बस्ने जानकारी दिए।

सुझावित समाचार