सानिमा बैंक नेपाल पेमा आबद्ध

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

 सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच एनपिएस (नेसनल कार्ड स्विच)अन्तर्गत डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । 

सम्झौताअनुसार एनपिएस (नेसनल कार्ड स्विच)लाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको बैंकले जनाएको छ । यससम्बन्धी सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एनसिएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात् एनपिएस–एनसिएसमा बैंकको स्विच इन्टिग्रेसन गरिसकेपछि सानिमा बैंकले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार प्राप्त गर्न सक्नेछ । एनसिएचएलका अनुसार हालसम्म ३३ वटा बैंक वित्तीय संस्था प्रिन्सिपल मेम्बरका रूपमा यो प्रणालीमा आबद्ध भइसकेका छन् । जसमध्ये १२ वटा संस्थाले लाभ अपरेसन सुरु गरिसकेका छन् । 

एनसिएचएलले हालै नेपाल पे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ । साथै, अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । 

सुझावित समाचार