संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा मकालु फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको सेमिफाइनल खेलमा संखुवासभाको मकालु फ्रेन्ड्स क्लब र चुलाचुली स्पोटिङ क्लब दमक झापाबीच प्रतिस्पर्धा भएको थियो। मकालु फ्रेन्डस क्लबले २–० को अन्तरमा चुलाचुली स्पोटिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
मंगलबार सेमिफाइनलको दोस्रो खेल सेकाहा क्लब र सितलपाटी क्लबबीच हुनेछ। यि दुईमा जित्नेले फाइनलमा मकालु फ्रेन्डस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।