निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको भिड (फोटो फिचर)

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

बाक्लो कुहिरोमा पनि आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिन युवायुवतीहरुको आवेदन दिन भिड लागेको छ ।
बाक्लो कुहिरामा जिल्लाका विभिन्न गाउँवाट युवायुवतीहरु निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा आवेदन दिन आज विहानैदेखी सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय आएका छन् ।

सिरहा जिल्लामा ३ हजार ७ सय ५७ जना (३८५ जना सशस्त्र प्रहरी तर्फ) माग गरिएको र पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिन मिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताएका छन् ।

पुस २५ मा ७२ महिला सहित ४८१ जना र पुस २६ गते ५७ महिला सहित ५२३ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक शर्माले बताए । यस्तै सशस्त्र प्रहरीले राखेको आवेदन संकलन क्याम्पमा ४ महिला गरि ५० जनाले पुस २६ मा आवेदन दिएका छन् । दुई दिनमा १ हजार ५४ जनाले आवेदन दिएका छन् ।

सुझावित समाचार