सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
भारतबाट स्रोत नखुलेको १० लाखभन्दा बढी रुपैयाँसहित आउँदै गरेको सिराहाको भगवानपुर गाउँपालिका– ३, मरिकटोलका २४ वर्षीय देवनाथ यादवलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेक्वा इनर्वाले पक्राउ गरेको छ ।
स्रोत नखुलेको १० लाख तीन हजार ९९० रुपैयाँँसहित आज दिउँसो भगवानपुर गाउँपालिका– ४, ठाडीको दसगजा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल हेक्वा सिराहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताएका छन् ।
सिराहाबाट मुख्य सीमास्तम्भ २४६ मा सीमा इलाकामा खटिएको ड्युटी टोलीले मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।
पक्राउ परेका देवनाथसँग रहेको एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाँडीलाई बुझाउने सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।