नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्।
महामन्त्रीद्वयले दीप प्रज्ज्वलन र बिरुवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्। उद्घाटन समारोह कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भृकुटीमण्डपमा भइरहेको छ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा विशेष महाधिवेशन भएको हो। सोमबार बिहानसम्म सुरु हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ।