नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिसिभा निर्वाचनका लागि नेकपा उदयपुरले दुवै निर्वाचन क्षेत्रका लागि १८ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा उदयपुरको उम्मेदवार सिफारिस कार्यदलका सदस्य विनोदकुमार खड्काका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा १० जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा आठजनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरेको हो ।
उनले भने, ‘वर्णानुक्रमअनुसार प्रतिनिसभा १ मा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई रहेका छन् ।’
यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहाल रहेका छन् ।
सिफारिस गरिएको नाममा जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको नेकपा उदयपुरले जानकारी दिएको छ ।