नेपाल वायुसेवा संघ (एओएएन)मा नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले कैलाश हेलिकोप्टर सर्भिसेस लिमिटेडका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको प्रमुख आतिथ्यतामा भएको थियो ।
संघको प्रथम उपाध्यक्षमा निमा नुरु शेर्पा (अल्टिच्युट एयर), द्वितीय उपाध्यक्षमा सुभाष सापकोटा (यती एयरलाइन्स) र तृतीय उपाध्यक्षमा उमेर पनेरू (तारा एयर प्रालि) चयन भएका छन् । त्यस्तै, सिम्रिक एयरको प्रतिनिधित्व गर्दै महासचिवमा मुरलीधर जोशी, सचिव बालकृष्ण पण्डित (डाइनास्टी प्रालि), कोषाध्यक्ष रूपेश जोशी (बुद्ध एयर प्रालि) निर्वाचित भएका छन् ।
साथसाथै, सदस्यमा रोमहर्ष श्रेष्ठ (बेसक्याम्प हेलिकोप्टर प्रालि), घनश्यामराज आचार्य (सीता एयर प्रालि) उमेश आचार्य (सौर्य एयरलाइन्स) विनोद थापा (फिस्टेल एयर) चुनिएका हुन् । थप सदस्यमा प्रज्वल थापा (गुण एयरलाइन्स) मिलन महर्जन (हिमालयन एयरलाइन्स) नोभेलकुमार राजलवट (प्रभु हेलिकोप्टर) र फुर्वा छिरिङ शेर्षा (हेली एभरेस्ट) रहेका छन् ।