उज्यालो नेपाल पार्टीसँगको सहमति अनुमोदन नगर्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टी (उनेपा)सँग १४ पुस ०८२ मा गरेको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । रास्वपाको आज बसेको सचिवालयको अकस्मिक बैठकले रास्वपा र उनेपाबिच भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो ।
सहमतिविपरीत कुलमानले थप माग राखेपछि पार्टी एकता भाँडियो
राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच भएको पार्टी एकीकरणसम्बन्धी ७ बुँदे सहमति भंग भएको छ। रास्वपाले केन्द्रीय सचिवालय बैठकमार्फत सहमति भंग भएको घोषणा गर्दै छ। प्रवक्ता मनीष झाका अनुसार १४ पुसमा भएको सहमतिविपरीत उज्यालो नेपाल समूहका तर्फबाट बढी मागहरू राखिएपछि सहमति भंग हुन लागेको हो।
म पूर्वी रुकुमबाट चुनाव लड्ने लगभग पक्का भएको छः प्रचण्ड (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने बताएका छन्। शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सभालाई सम्बोधन गर्दै उनले भने, ‘हुन सक्छ म आउने चुनाव रुकुमबाटै लड्न सक्छु, यही रुकुम भन्ने नठान्नु होला, पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, रुकुम पूर्वमा म आउने भनेको रुकुम पश्चिम पनि आउनु हो ।’
२३–२४ भदौका घटना लोकतन्त्रविरुद्धको षड्यन्त्र : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ का घटनालाई नेपालको इतिहासकै अत्यन्तै त्रासद घटना भन्दै सम्झँदै, पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश भएको बताए। शनिबार केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने कि त्यो समयको अशान्ति योजनाअनुसार भएको थियो जसमा १९ युवा मारिएका थिए र देशभर विध्वंस, लुटपाट र आक्रमण गरियो। ओलीका अनुसार घटना स्वतःस्फूर्त थिएन, बरु लोकतन्त्र र संविधानलाई कमजोर पार्ने षड्यन्त्रको भाग थियो।
समानुपातिकतर्फ व्यवस्थापन गर्छाैँ, नत्र प्रत्यक्षतर्फ मात्र चुनाव लड्छौँः कुलमान घिसिङ
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोड्ने निर्णय गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकतर्फको जसरी पनि व्यवस्थापन गर्ने बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा समानुपातिकतर्फको मतदान के हुन्छ भन्ने विषयमा उनले भने, ‘सकेसम्म व्यवस्थापन गर्छाैँ, नत्र प्रत्यक्षतर्फ मात्र चुनाव लड्छौँ।’ उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गरी समानुपातिकतर्फको उम्मेदवार रास्वपामार्फत निर्वाचन आयोगमा बुझाएको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ताः देशको अस्तित्वमै प्रश्न उठ्न थालेको छ
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशको भविष्य नै अनिश्चित बन्दै गएको संकेत गरेका छन्। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी सन्देशमा उनले नेपाल निरन्तर संकटको चक्रमा फस्दै गएको उल्लेख गरेका हुन्।
उपत्यकाका १६ सय ट्राफिक प्रहरीलाई इन्फ्युएन्जा भ्याक्सिन लगाइने
काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई इन्फ्युएन्जा भ्याक्सिन लगाइने भएको छ । धुलो र धुुँवामा लामो समय काम गर्दा रुगाखोकीलगायत समस्याले सताउने भएकाले त्यसको प्रतिरोधी भ्याक्सिन लगाउन लागिएको हो। शनिबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाबिच ट्राफिक प्रहरी कर्मचारीहरूलाई इन्फ्लुएन्जा भ्याक्सिन कार्यको शुभारम्भसम्बन्धी समझदारीपत्र आदानप्रदान भएकोछ।
कांग्रेस मधेश प्रदेशले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह
नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारिएको छ ।
पुँजीबजारमार्फत दीर्घकालीन लगानी भित्र्याउन मुख्यमन्त्री पाण्डेको आह्वान
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको शनिबार पोखरामा आयोजना गरेको ३१औँ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
औद्योगिक क्षेत्रलाई बन्द हडताल निषेधित घोषणा गर्न व्यवसायीहरूको माग
उद्योगी व्यवसायीहरूले औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेध घोषणा गर्न माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७औँ वार्षिक साधारण सभामा सहभागी उद्योगी व्यावसायीहरूले औद्योगिक र व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।