नाउपाका प्रदेश सांसद र एमाले पूर्वसांसद उज्यालो पार्टी प्रवेश

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य धर्मलाल चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। उनी लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन्। 

त्यस्तै, एमालेका पूर्वसांसद ठम्मर बिष्ट पनि उज्यालो पार्टीमा प्रवेश गरेका छन्। सुर्खेत घर भएका बिष्ट हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य उठेर पराजित भएका थिए। 

त्यस्तै, अभियन्ता डा. नरबहादुर कार्कीलाई पनि पार्टी प्रवेश गराइएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। तीनैजनालाई केन्द्रीय सदस्य बनाइएको छ। 

सुझावित समाचार