उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीका अनुसार शनिबार अपराह्न ४ बजे बैठक बस्नेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया असफल भएपछि पार्टीले आकस्मिक रूपमा बैठक आह्वान गरेको हो। एकताका क्रममा कुलमान घिसिङलाई उपसभापति बनाउने विषयमा दुवै पक्षबिच सहमति बने पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको बाँडफाँटमा सहमति जुट्न नसकेको जनाइएको छ।
यसैगरी, पहिले भएको सहमतिअनुसार समानुपातिक उम्मेदवारको व्यवस्थापन कार्यान्वयन नभएको उज्यालो नेपालले आरोप लगाएको छ। यी विषयमा थप छलफल र आगामी रणनीति तय गर्न बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।