अवैध लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

घोराही उपमहानगरपालिका-१४, मिलनचोकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ७० मिलिग्राम र नगद ८५ हजार ८ सय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४, खोलीगाउँ बस्ने ३४ वर्षीय सुशील गहतराज र ३२ वर्षीय अम्मर वली रहेका छन्।

अस्थायी प्रहरी पोस्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले लु.८० प ६३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित बिहीबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार