सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालीमाटी गाउँपालिका– ७, पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शुक्रबार बिहान घरनजिकैको हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी रावतलाई बाघले आक्रमण गरेको थियो।
प्रहरीको टोलीले खोजी गर्ने क्रममा घरदेखि करिब पाँच सय मिटरको दूरीमा जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।