गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेकपामा समाहित

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त समूह नेकपामा समाहित भएको हो।

उनीहरूलाई नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादा र माला लगाइदिएर स्वागत गरेका थिए।

समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पीताम्बर आचार्यलगायत छन्।

स्वतन्त्र वाम समूहमार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने नेकपाले जनाएको छ।

सुझावित समाचार