सरकारले तीन पूर्वप्रधानमन्त्रीको सुरक्षामा लागि सुरक्षाकर्मी थप गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा थप गरेको हो। चुनाव नजिकिएसँगै सुरक्षा चुनौती पनि बढ्न सक्ने आकलन गरी पछुवासहितको टोली खटाइएको छ।
दुई महिनाअघि गृह मन्त्रालयले सुरक्षा मापदण्डविपरीत उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको थियो। नेताहरूले थप सुरक्षा गरेपछि संख्या बढाइएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए।
गत १२ पुसमा प्रधानमन्त्रीनिवास बालुवाटारमा शीर्ष नेता र प्रधानमन्त्रीबिचको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सुरक्षाकर्मी कटौती गरिएकामा असन्तुष्टि जनाएका थिए।