भैरहवामा सुजुकीको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

भैरहवामा सुजुकीको नयाँ मोडल एसयूभी भिक्टोरिस गाडी सार्वजनिक भएको छ । भैरहवास्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता पाठक मोटर्स ग्रुपले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीकाअनुसार भिक्टोरिसमा आकर्षक लुक्स, विलासी इन्टेरियर र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजन छ। पाठक मोटर्सका निर्देशक बाबुराम पाठकका अनुसार भिक्टोरिसमा ३६० डिग्री भ्यू क्यामेरा उपलब्ध छ । जसले ११ वटा फरक–फरक एंगलबाट दृश्य देखाउँदै सुरक्षित र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । साथै, टायर प्रेसर मोनिटरिङ सिस्टमले गाडीका सबै टायरको अवस्था निरन्तर जानकारी दिनेछ ।

सुरक्षालाई प्राथमिकतामा राख्दै यस एसयूभीमा अल–ह्विल डिस्क ब्रेक, ब्रेक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, फ्रन्ट तथा रियर पार्किङ सेन्सर र स्वचालित ३६० डिग्री क्यामेरा जडान गरिएको छ । 

सुजुकीको उच्च सुरक्षा प्रतिबद्धताअनुसार भिक्टोरिसमा एरिना सेफ्टी सिल्ड समावेश गरिएको छ । यसमा स्ट्रोङ हाइब्रिड इन्जिन र इभी मोड उपलब्ध छन्, जसले उत्कृष्ट माइलेजका साथै सशक्त प्रदर्शन दिन्छ । कठिन सडक र अफ–रोड यात्राका लागि अटो, स्नो र लक मोडसहितको फोर–ह्विल ड्राइभ प्रणाली पनि रहेको छ । भिक्टोरिसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलइडी टेल ल्याम्प र एरो कट अलोय ह्विल्स दिएको छ । भित्री भाग ब्ल्याक र आइभोरी ड्यूल–टोनमा सजाइएको छ भने ठूलो प्यानोरामिक सनरुफले क्याबिनलाई अझ फराकिलो र प्रिमियम बनाएको छ । 

पाठक मोटर्सका निर्देशक बाबुराम पाठकले आधुनिक प्रविधि, उच्च सुरक्षा र आरामदायी यात्रा चाहनाने ग्राहकका लागि भिक्टोरिस उपयुक्त विकल्प हुनसक्छ । उनका अनुसार यो एसयूभी विभिन्न सेग्मेन्टका ग्राहकलाई लक्षित गरी बजारमा उपलब्ध छ । तत्काल बुकिङ गर्ने ग्राहकका लागि भिक्टोरिस ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जानकारी पनि उनले दिए । 
 

सुझावित समाचार