आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण-सभा सम्पन्न

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण-सभा बिहीबार आम्रपाली बैंक्वेट नक्सालमा सम्पन्न भएको छ।

साधारण-सभाले समीक्षा वर्षमा सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। त्यसैगरी, प्रधान कार्यालय पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा निर्माण भएको २ तल्ला पार्किङसहित ११ तल्लाको भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरू भाडामा लगाउने व्यहोरा अध्यक्ष हेमराज ढकालले सभालाई जानकारी गराए।

यसैगरी, जेन-जी आन्दोलनका क्रममा निर्जीवन बिमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोडको दाबी परेको कम्पनीले जनाएको छ। असोज १८ गतेदेखिको अविरल वर्षा, बाढीपहिरोबाट करिब ४ अर्बबराबरको दाबी परेको सभामा जानकारी दिइयो।

चुक्ता पुँजी ३ अरब २ करोडसहित निर्जीवन बिमा कम्पनीहरूमा सबैभन्दा ठुलो बिमा कम्पनीको रूपमा यो कम्पनी रहेको छ।

सुझावित समाचार