नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ४ बजे बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले निर्देशन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।