रास्वपा कञ्चनपुरका तीन निर्वाचन क्षेत्रबाट धामी, बोहाेरा र महता सर्वसम्मत सिफारिस

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ मा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। 

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको रास्वपा कञ्चनपुरले जनाएको छ। 

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टका अनुसार क्षेत्र नम्बर १ बाट जनकसिंह धामी, २ बाट दीपक बोहाेरा र ३ बाट ज्ञानेन्द्रसिंह महता सर्वसम्मत सिफारिस भएका हुन्। ‘तीनवटै निर्वाचन समितिले आ–आफ्नो क्षेत्रबाट एकल उम्मेदवार सिफारिस गरेका छन,’ उनले भने, ‘क्षेत्रीय समन्वय समितिले सिफारिस गरेका एकल उम्मेदवारको नाम माथिल्लो पार्टी तहमा पठाउँछौँ ।’ 

तीनै निर्वाचन क्षेत्रबाट सिफारिस भएका धामी, बोहाेरा र महता नयाँ अनुहार हुन्। धामी रास्वपा अभियान तथा तथा प्रचार विभाग केन्द्रीय सदस्य, बोहाेरा पार्टी केन्द्रीय सदस्य र महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग केन्द्रीय सचिव तथा पार्टी पूर्वइन्चार्ज हुन्। 
 

सुझावित समाचार