राष्ट्रिय सभाका १८ सिटमा ४४ जनाको उम्मेदवारी (सूचीसहित)
राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाले मनोनयन–पत्र दर्ता गराएका छन्। ११ माघमा हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १८ सिटका लागि निर्वाचन हुनेछ।
राष्ट्रिय सभा सदस्यमा कोशीमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित
राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका छन्।कांग्रेस–एमाले गठबन्धनबाट अन्यतर्फमा उम्मेदवारी दिएका थापाको विपक्षमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्वारोध निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत भीष्म प्रसाईंले जानकारी दिए ।
कुलमानलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भनिन्– बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो, यो कुरा देशले सम्झनेछ
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा बधाई र धन्यवाद दिएकी छिन्।
विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस महामन्त्रीद्वयको अपिल
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अपिल गरेका छन्। बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको बताएका हुन् ।
कांग्रेस संस्थापन पक्षले भन्यो– विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिलाई छैन, औचित्य छैन
कांग्रेसले विशेष महाधिवेशनको माग औचित्यहीन भएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई त्यसतर्फ नलाग्न आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालयद्वारा पौष २३ गते जारी विज्ञप्तिमा मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा १५औं महाधिवेशनको कार्यतालिका स्वीकृत भइसकेकाले विशेष महाधिवेशनको माग स्वतः समाप्त भइसकेको भनिएको छ।
पल्सर स्पोर्टस् अवार्ड ०८१ : एरिका र दीपेन्द्र बने वर्ष खेलाडी
कराँतेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ अन्तर्गत क्रमशः महिला र पुरुषतर्फका वर्ष खेलाडी घोषित भएका छन् । पारा तेक्वान्दोकी पलेसा गोवर्धन ट्रेजब्लेजर अफ दि इयरको अवार्डले सम्मानित हुँदा अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित बिधा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा विभिन्न १० बिधामा अवार्ड वितरण गरिएको थियो ।
जहरसिंह पौवाको दुर्घटनामा घाइतेमध्ये चारको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिका–४ मा भएको बस दुर्घटनामा घाइतेमध्ये चारजनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएकोमा चारजनाको मृत्यु भएको बौद्ध वृत्तका डिएसपी सन्तोष रोकाले बताए। पिकनिकमा गएका व्यक्तिहरू सवार बस जहरसिंह पौवाको जंगलमा खसेको हो।
सामाजिक सञ्जालमा आचरणविपरीत गतिविधि गरेको आरोपमा डिआइजीसहित ५९९ प्रहरीलाई कारबाही
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिविपरीत गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीले कारबाही गरेको छ। आर्थिक वर्ष ०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने एवं प्रहरी पोसाकको दुरुपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बताए।
आँखामा लेन्स लगाएर क्यासिनोमा जुवा खेल्ने चार भारतीय जेल चलान
आँखामा लेन्स लगाएर अरूको हातमा भएको तास चिन्ने गरी क्यासिनोमा जुवा खेलेर ठगी गर्ने चारजना भारतीय कारागार चलान भएका छन्। वाल्डो क्यासिनोमा म्याग्नेटिक जडान गरेको तास खेलाएर ठगी गर्ने भारतीयहरू सुरेश महाजन, प्रमोद मौर्य, बिक्रम सिंह, दिनेश बर्मा जेल चलान भएका हुन्। त्यस्तै, क्यासिनो सञ्चालक चिनियाँ नागरिक वाङ झाउ पाँच लाख, सुनसरीकी चिना खड्का एक लाख तथा काठमाडौं टोखाकी भवानी पाण्डे एक लाख रुपैयाँमा छुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनराज भट्टराईले बताए।
वैकल्पिक शक्तिलक्षित ओलीको टिप्पणी– २० वर्ष चुनाव जित्दैनन्
एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह, कुलमान घिसिङलगायतका नयाँ वैकल्पिक शक्तिहरूले आगामी २० वर्ष चुनाव नजित्ने ठोकुवा गरेका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कसैको नाम नलिई पूर्वप्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले एमाले कांग्रेसले जित्ने अवस्थामा चुनाव नगराउने खेल चलिरहेको आरोपसमेत लगाए।