काठमाडौंको शंखरापुर नगरपालिका–४ मा भएको बस दुर्घटनामा घाइतेमध्ये चारजनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएकोमा चारजनाको मृत्यु भएको बौद्ध वृत्तका डिएसपी सन्तोष रोकाले बताए।
पिकनिकमा गएका व्यक्तिहरू सवार बस जहरसिंह पौवाको जंगलमा खसेको हो।
बसमा ४० यात्रु थिए। बानेश्वरस्थित नेचर हब कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्। घाइते भएका अन्य २४ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।