आँखामा लेन्स लगाएर क्यासिनोमा जुवा खेल्ने चार भारतीय जेल चलान

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आँखामा लेन्स लगाएर अरूको हातमा भएको तास चिन्ने गरी क्यासिनोमा जुवा खेलेर ठगी गर्ने चारजना भारतीय कारागार चलान भएका छन्। वाल्डो क्यासिनोमा म्याग्नेटिक जडान गरेको तास खेलाएर ठगी गर्ने भारतीयहरू सुरेश महाजन, प्रमोद मौर्य, बिक्रम सिंह, दिनेश बर्मा जेल चलान भएका हुन्। 

त्यस्तै, क्यासिनो सञ्चालक चिनियाँ नागरिक वाङ झाउ पाँच लाख, सुनसरीकी चिना खड्का एक लाख तथा काठमाडौं टोखाकी भवानी पाण्डे एक लाख रुपैयाँमा छुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनराज भट्टराईले बताए। 

भारतीय समूहले धनी भारतीयहरूलाई जुवा खेल्न नेपाल ल्याएर ठगी गरेको हो। 

सुझावित समाचार