धनकुटाका छुट्टाछुट्टै ठाउँमा दुईजना मृत फेला

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

धनकुटामा दुईजना मृत अवस्थामा फेला परेका छन्। महालक्ष्मी नगरपालिकामा एकजना र सहिदभूमि गाउँपालिकामा एकजना मृत फेला परेकाे प्रहरीले बताएको छ।

महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय टंकबहादुर राय बुधबार बिहान दमारको भित्री बाटोमा फेला परेको प्रहरीले बताएको छ। 

त्यसैगरी, सहिदभूमि–७, फुर्केडाँडामा सोही स्थानकी अन्दाजी ४४ वर्षीया पूर्णिमा मगरको पनि शव फेला परेको हो। सानो गोरेटो बाटोबाट करिब १५ मिटर तल रहेको ठुलो बाटोमा मगर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

मृतक दुवैको शव जिल्ला अस्पताल धनकुटा ल्याएर पोस्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुवै घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

सुझावित समाचार