महोत्तरीमा ४ बिघा क्षेत्रफलको गाँजाखेती नष्ट

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित माथिल्लो बरडाँडा क्षेत्रमा लगाइएको करिब ४ बिघा क्षेत्रफलको गाँजाखेती प्रहरीले नष्ट गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिवाससहित ४६ जना प्रहरी परिचालित भई मंगलबार बिहान गाँजाका बोट फँडानी गरिएको हो।

प्रहरीका अनुसार बर्दिवास क्षेत्रमा यसअघि पनि पटक–पटक गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन हुँदै आएको छ। नेपालमा प्रतिबन्धित भए पनि भारतसहितका क्षेत्रमा उच्च माग र राम्रो मूल्यका कारण गाँजाखेतीप्रति आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ। प्रहरीले अवैध लागुऔषध खेती र कारोबारविरुद्ध निगरानी थप कडा बनाइएको जनाएको छ।

सुझावित समाचार