यी हुन् राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवार

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंगो लगाएका छन्।

नयाँ र वैकल्पिक भनिएका शक्तिहरू एक ठाउँ आएपछि कांग्रेस, एमालेले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छन्। सहमतिअनुसार १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले नाै र एमालेले आठ उम्मेदवार सिफारिस गरिसकेका छन्।

कांग्रेसले कोशीबाट सुनीलबहादुर थापा (अन्य), मधेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता–अल्पसंख्यक), बागमतीबाट गीता देवकोटा (महिला), गण्डकीबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनीबाट वासुदेव जंगली (अपांगता–अल्पसंख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णालीबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य)लाई सिफारिस गरेको छ।

यसैगरी, एमालेले कोशीबाट रोशनी मेचे र सोम पोर्तेल, मधेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीला भण्डारीलाई अघि सारेको छ।

कांग्रेस–एमालेसँग गठबन्धनबाट बाहिरिएको नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​ र समीकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ।

सुझावित समाचार