राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा जनमोर्चाद्वारा उम्मेदवारी दर्ता

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ। प्युठानका बोमबहादुर खत्री र पदमा पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्।

प्युठानको मल्लरानी गाउँपालिका– २ निवासी खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका– ८ निवासी पदमा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन्।

खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ छन् भने पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज राना मगर छन्।

लुम्बिनीमा तीन सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले दाङका वासुदेव जंगली, एमालेले गुल्मीकी रामकुमारी झाँक्री र नेपाली कम्युनिस्ट पार्टीले पाल्पाका सोमनाथ पाण्डेलाई उम्मेदवार बनाएका छन्।

सुझावित समाचार