टाइगर कपको टिकटिङ पार्टनरमा ‘खल्ती’

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटाैँ संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ।

‘टाइगर ग्रुप अफ पोखरा’ले माघ ९ देखि १७ गतेसम्म आयोजना गर्न लागेको प्रतियोगिता पोखरा रंगशालामा हुनेछ। सात पुरुष र सात महिला गरी यस वर्ष १४ वटा टोली प्रतियोगितामा सहभागी हुँदै छन्, जसमध्ये चार अन्तर्राष्ट्रिय टोली रहेका छन्। 

प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु. ५०० सम्म छ। दर्शकहरूले हरेक खेलको टिकट खल्ती एपबाट काट्न सक्नेछन्। 

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुदप्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो।’
 

सुझावित समाचार