नीलसागर आश्रममा सुबिसुको नि:शुल्क वाइफाई

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले रजत जयन्तीका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नीलसागर सेवाश्रममा नि:शुल्क वाइफाई जडान गरेको छ । कम्पनीले प्रदान गरेको वाइफाईले आश्रममा रहनेहरूका लागि समाज र संसारसँग जोड्ने महत्वपूर्ण माध्यम बन्ने बताइएको छ ।

सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नीलसागर सेवाश्रममा दुई सय ५० भन्दा बढी वृद्ध बुबाआमा तथा बालिकाहरू छन् । 

रजत जयन्तीकै अवसरमा कम्पनीले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण पनि गर्दै आएको छ । यसै वर्ष कम्पनीले वंशीराम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । 

त्यसैगरी, धादिङको बाहिरा विद्यालयमा नि:शुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहल गरिएको बताइएको छ । कम्पनीका अनुसार अहिलेको समयमा इन्टरेनट केवल सेवा मात्रै नभएर अवसर पनि हो ।

डिजिटल पहुँचमार्फत समाज विकासमा योगदान पुर्याउन विभिन्न सहयोग गर्दै आइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले भने, ‘सुबिसुले २५ वर्षे यात्रामा प्रविधि विस्तार मात्र होइन, समाजप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउँदै आएको छ । हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो । यस्ता सिएसआर पहल हाम्रो मूल्य र प्रतिबद्धताका प्रतिबिम्ब हुन् ।’

See More On

सुझावित समाचार