एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टिक लेक फ्रन्ट’मा २२औँ संस्करणको अवार्डको लागि सचिवालय स्थापनासँगै उद्घाटन गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थालगायतकाे उपस्थिति थियो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलोपटक काठमाडौं बाहिर हुन लागेको अवार्डको सफलताका लागि शुभकामना दिएका छन् । पोखरा महानगरपालिका अवार्ड प्रवद्र्धकका रुपमा रहेको छ । एनएसजेएफले स्पोर्टस अवार्डसँगै स्पोर्टस समिटको पनि आयोजना गर्दैछ । उक्त समिट अवार्डको अघिल्लो दिन २२ पुसमा हुनेछ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुप छ भने । यती एयरलाइन्स, खल्ती र केल्मी नेपालको साथ रहेको छन् । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड ०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
अवार्डलाई राराको साथ
२२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ लाई हिमश्री फुड्स प्रालिको पोखराको उत्पादन रारा चाउचाउले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २३ पुसमा पोखरामा हुने अवार्ड कार्यक्रम सम्पन्न गर्न राराले साथ दिने भएको हो ।