एसएमसी एपमार्फत नेपालमा ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको साइबर ब्यूरोले एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको हो।
उनीहरुले चितवनमा दर्ता गरिएको एसएमसीएम नामक विज्ञापन कम्पनीको आवरणमा ठगी गरेका हुन्।
मोबाइलमा एसएसी एप डाउनलोड गर्न लगाउने र त्यसमा नयाँ सदस्य भर्ना वापत कमिसन दिने भनेर उनीहरुले नेटवर्किङ जालो बनाएर ठगी गरेका हुन्। ठगी गर्ने गिरोहविरुद्ध हालसम्म दुई सय ५५ जनाको सामूहिक निवेदन परेको र उनीहरुको १२ करोड ८ लाख १६ हजार रुपैयाँ ठगी भएको ब्यूरोका एसपी दीपकराज अवस्थिले बताए। सो समूहमा ७० हजार मान्छे आबद्ध भएकाले धेरै जना ठगीएको आशंका गरिएको छ। प्रहरीले सो एपका नाममा कोही ठगिएको भए उजुरी दिन आग्रह गरेको छ ।