आज सुन तोलामा चार हजार ६ सयले बढ्यो

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार ६ सय रुपैयाँले बढेर दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर चार हजार ६८५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

सुझावित समाचार