अदालतमा धरौटी र जरिवाना बुझाउन नसक्दा बर्दियाको गुलरियास्थित जिल्ला कारागारमा १६ जनाले बन्दी जीवन बिताइरहेका छन्। धरौटी बुझाउन नसकेर सातजना र जरिवाना बुझाउन नसकेर नौजना कारागारमा बस्न बाध्य भएका हुन्।
विभिन्न मुद्दामा कैद सजाय पूरा गरेर अदालतमा जरिवाना नबुझाएर सातजना कारागारमा छन् । त्यसैगरी, अदालतमा विभिन्न मुद्दा चलिरहेका, तर बाहिर बसेर मुद्दा लड्न पाउने नौजना प्रतिवादीसमेत धरौटी बुझाउन नसकेर कारागारमा रहेको जिल्ला कारागारका प्रमुख मानबहादुर सारूले बताए।
उनले भने, ‘अदालतमा जरिवाना बुझाउनुपर्नेमा न्यूनतम तीन हजार र अधिकतम ८८ लाख दुई हजार ६१५ रुपैयाँ छ। एक महिला २६ लाख ५८ हजार ५ सय रूपैयाँ जरिवाना तिर्न नसकेर कारागारमा छिन्।’