आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले एक सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएको छ।
आयोगका अनुसार न्यायपरिषद्को परामर्शमा ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवाका ७७ जना सहसचिव उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। उनीहरुले २ माघमा खटाइएको क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचन कार्याक्रमहरू सञ्चालन गर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सूचीः