नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट शान्तिलाल महतलाई एकल उम्मेदवार सिफारिस गरेको छ। आइतबार बसेको पार्टी जिल्ला कमिटीको सचिवालय बैठकले महतको नाम एकल रुपमा सिफारिस गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले जुम्लाका पार्टी अध्यक्षसमेत रहेका महतको नाम एकल सिफारिस गरिएको जिल्ला सचिव मानबहादुर रोकायाले बताए।