नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टाेलीमा बर्मासहित पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय छन्।
महिला विश्वकपको ग्लोबल छनोट यही माघ २२ देखि फागुन ९ गतेसम्म काठमाडौंमा हुँदै छ।
