शंकर पोखरेलको टिप्पणी– भेनेजुएलाको राष्ट्रपति अपहरण अस्वीकार्य

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाको पछिल्लो कदमलाई आधुनिक विश्व र सभ्य समाजका मान्यतासँग मेल नखाने कार्य भएको बताएका छन्।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण गरी’ अमेरिकामा लगिएको घटनालाई न केवल अस्वीकार्य, तर संसारका नियमहरूको उल्लंघन भएको बताए। उनले भने, ‘एक देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेप गरेर नियन्त्रणमा लिने कार्य संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन हो। यस्तो कदमले विश्व समुदाय र अन्तर्राष्ट्रिय संस्थाहरूको विश्वसनीयता नै कमजोर पार्छ।’

पोखरेलले यस घटनाले विश्वव्यापी शान्ति र अन्तर्राष्ट्रिय कानुनी ढाँचामा खतरा उत्पन्न गर्ने सम्भावना रहेको पनि औँल्याए।

सुझावित समाचार