- २२ संस्करण सकिँदा गण्डकीका खेलाडीले १३ पटक अवार्ड जितेका छन्
पोखरा सहरले पहिलोपटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड आयोजना गर्दै छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पहिलोपटक अवार्ड मोसफलमा गर्न लागेको हो । २२औँ संस्करणको अवार्डमा गण्डकी प्रदेशमा हुँदा यसको अर्थ निकै रहन्छ । अहिलेसम्म २३ पटकको अवार्डमा गण्डकीका खेलाडीले कतिपटक अवार्ड जिते भन्ने प्रश्न उठन सक्छ । पल्सर अवार्ड धेरैपटक जित्नेमा गण्डकीका खेलाडी निकै अगा डि छन् । विभिन्न अवसरमा गरी गण्डकीले १३ पटक अवार्ड हात पारेको रेकर्ड भेटिन्छ ।
नेपाली खेलकुदका लागि गण्डकीले राम्रा खेलाडी जन्माइरहेको स्थितिमा यो क्षेत्रले धेरै अवार्ड जित्नु स्वाभाविक हो । भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारीले गण्डकीबाट धेरैपटक उपाधि हात पारेका छन् । उनीहरूले समान दुईपटक यो अवार्ड जितेका छन् । ‘दुवै अवसरमा यो अवार्डले मलाई अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको छ,’ अरुणाले भनिन् । अरुणाले पहिलोपटक ०७६ सालमा पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन् । उनले त्यसपछि ०७८ मा वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन् । सावित्राले ०७५ मा वर्षकी उत्कृष्ट महिला खेलाडी बनिन् । वर्ष ०७७ मा उनी उत्कृष्ट महिला खेलाडी रहिन् । त्यतिवेला सावित्राले अवार्ड जितेपछि राम्रो खेल्न प्रेरणा मिलेको बताएकी थिइन् । पिपुल्स च्वाइस अवार्डमा एकप्रकारले गण्डकीका खेलाडीको बाहुल्य छ । पिपुल्स च्वाइस अवार्ड जित्ने पहिलो खेलाडी नै पोखराकी मञ्जु गुरुङ थिइन् । ०६६ को संस्करणमा उनले यस विधाको अवार्ड हात पारेकी थिइन् ।
०६८ मा भलिबलकै सिपोरा गुरुङले यो अवार्ड जितिन् । उसुकी झरना गुरुङले वर्ष ०६९ मा यो क्रमलाई अगाडि बढाइन् । भलिबलकै अरुणा यो विधामा सफल हुँदै आइरहेकी छिन् । पछिल्लोपटक भलिबलकै उषा भण्डारीले यो अवार्ड जितिन् । गण्डकीका पाँच खेलाडीले पिपुल्स च्वाइस अवार्ड जितेका छन् । संयोगले सबै महिला नै उपाधि जितेका थिए । पाँचमध्ये चार अवसरमा भलिबलका खेलाडी विजयी रहे । भारोत्तोलनकी तारा पुनले वर्ष ०६८ मा महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड जितिन् ।
पिपुल्स च्वाइसमा पोखरा बलियो
पिपुल्स च्वाइस अवार्डमा ब्याडमिन्टनकी शोभा गौचन ०७४ सालमा उत्कृष्ट रहिन् । उत्कृष्ट महिला खेलाडीको पुरस्कार पाँच अवसरमा गण्डकीका खेलाडीले जितेका छन् । पुरुषतर्फ गण्डकीका एकै खेलाडी युकेश गुरुङ रहेका छन् । प्याराग्लाइडिङका यी खेलाडीले वर्ष ०७५ मा पाएका थिए ।
सोही वर्ष उनका प्रशिक्षक योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । सो वर्ष प्याराग्लाइडिङ टोलीले इन्डोनेसियामा भएको एसियन खेलकुदमा नेपाललाई रजत पदक दिलाएको थियो । वर्ष ०७४ मा क्रिकेटका करण केसीले स्पेसल अवार्ड पाएका थिए ।
यो विधामा अन्य दुईले पनि गण्डकीको प्रतिनिधित्व गर्दै अवार्ड जितेका छन् । सहारा क्लबले ०६४ साल र ०७९ मा फोटो पत्रकार सुदर्शन रञ्जितले विशेष पुरस्कार हात पारेका थिए । यसपटक पनि गण्डकीका खेलाडीहरूले अवार्डका विभिन्न विधामा दावेदारी प्रस्तुत गर्नेछन् ।