मानव-वन्यजन्तुको द्वन्द्व समाधान गर्न दीर्घकालीन योजना र नीतिनिर्माता मागसहित एमाले बुझायो ध्यानाकर्षण-पत्र

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न दीर्घकालीन योजना र  नीतिनिर्माता ध्यान दिनुपर्नेलगायतको मागसहित नेकपा एमाले बर्दियाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको ध्यानाकर्षण गराएको छ । 

बर्दिया जिल्ला पछिल्लो समय  मानव वन्यजन्तु द्वन्द्व  बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०८२/०८३ को हालसम्म वन्यजन्तुको आक्रमणबाट सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा १० मानिसको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । भने वन्यजन्तुले दिनहुँजस्तो घरपालुवा जनावर मारिदिने, अन्नबाली खाइदिने नोक्सान गरिदिने गरेपछि स्थानीय वन्यजन्तुबाट दुःखसमेत पाउन  थालेका छन् । 

मानव वन्यजन्तुको द्वन्द्व कम  कराउन दीर्घकालीन योजना ल्याएर द्वन्द्व न्यूनीकरणका लागि एमाले बर्दियाले सारा ध्यानाकर्षण गराएको छ।

एमालेले ध्यानाकर्षणपत्रमा वन्यजन्तु  नियन्त्रण र व्यवस्थापन कार्यक्रम सुदृढीकरण गर्नुपर्ने, वन्यजन्तुबाट प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाको सुनिश्चित गर्नुपर्ने, प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने, वन्यजन्तु पीडित परिवारलाई तत्काल राहत र पुनर्स्थापना गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना घट्न नदिन आवश्यक कदम चाल्न सरकार माग गर्दै ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको एमाले बर्दिया अध्यक्ष शालिकराम अधिकारीले बताए ।

सुझावित समाचार