सुनसरी गोली प्रकरण : सशस्त्र प्रहरीद्वारा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

सुनसरीको कोशी गाउँपालिका– १, लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट रिक्साचालक विजय साहको मृत्यु भएको घटनामा छानबिन समिति गठन भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार एसएसपी रविनराज कर्णजितको नेतृत्वमा समिति गठन गरेको हो। 

समितिमा एसपी दिनेश बस्नेत र डिएसपी भुवन भण्डारी छन् ।  कोशी गाउँपालिका– १, पुरीटोलस्थित चेक प्वाइन्टमा बुधबार राति तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले गोली  चलाउँदा रिक्साचालक साहको गोली लागेर मृत्यु भएको थियो । सशस्त्र प्रहरीले दोहोरो झडपमा गोली हान्नुपरेको बताएको छ भने स्थानीयले भने प्रहरीले दमन गरेको आरोप लगाउँदै विरोध गरेका छन् । चिनी तस्करी रोक्ने खाज्ने क्रममा गोली चलेको थियो । 

गोली प्रहार गर्ने सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।  रिक्साचालक साहको मृत्यु भएपछि आफन्त तथा स्थानीयले कारबाहीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको छलफलमा बिहीबार पाँचबुँदे सहमति भएको थियो । 
 

सुझावित समाचार