बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

आफूविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असइ गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असइ पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासबाट शुक्रबार थुनछेक आदेश भएको हो। 

बयानको क्रममा डिएसपी नेपालले दोस्रो विवाह गरेको स्वीकार गरेका छन् । जेठी श्रीमतीबाट एउटा मात्र छोरीको जन्म भएपछि जेठी श्रीमतीकै सहमतिमा अर्काे विवाह गरेको उनको दाबी छ । 

सुझावित समाचार