२० वर्ष कैद सजाय पाएका अभियुक्त नौ वर्षपछि पक्राउ

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका एक  फरार अभियुक्त नौ वर्षपछि पक्राउ परेका छन् ।   

कर्तव्य ज्यान कसुरमा २७ चैत ०७३ मा २० वर्ष कैद सजाय पाएका मोरङको  मिक्लाजुङ गाउँपालिका– ५ का वर्ष ४६ का डिबी भन्ने डिंगबहादुर राईलाई प्रहरीले घरमै लुकिछिपी बसिरहेको अवस्थामा  पक्राउ गरेको हो ।  

पक्राउ परेका अभियुक्त राईलाई कैद सजाय भुक्तानका लागि बिहीबार जिल्ला कारागार पठाउन अदालतमा बुझाएको मोरङ  प्रहरीले जनाएको छ।
 

सुझावित समाचार