धोबीखोला नदी करिडोर सडक मर्मत जारी

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

धोबीखोला करिडोरको बागमती दोभानदेखि चाबहिलको बैजनी पुलसम्मको करिडोर सडक मर्मत भइरहेको छ। 

सहरी विकास मन्त्रालयमातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा खोलाको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ।

धोबीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्छ। हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएर बायाँ किनारतर्फको काम हुँदै छ। प्राधिकरणले धोबीखोला करिडोर तथा कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकाका अनुरोध गरेको थियो। 

प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ। अहिले उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी टाल्ने काम हुँदै छ।
 

सुझावित समाचार