सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।
देशको भौतिक संरचनाहरूको पुनर्निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ।