निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने कार्यमा सरकार लागिसकेको छ : गृहमन्त्री अर्याल

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागिसकेको बताएका छन्। 

बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए । 

यस्तै कार्यक्रममा मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोसेढुंगा साबित हुने मन्त्री अर्यालले विश्वास व्यक्त गरे । 

यस्तै, विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार  यस प्रणालीले अध्यागमन कानुनबमोजिम विदेशी नागरिकको आवतजावतलाई प्रभावकारी बनाउने र उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपतकाे समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने विश्वास लिएको बताए । 

सुझावित समाचार