देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ।
सहकारीको रकम अपचलन गरी आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले चौलागाईंसहित उनकी पत्नी पूजा खत्री र राजेन्द्र खत्रीसमेतलाई प्रतिवादी कायम गरेर बुधबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटो (ललितपुर), शाखा कार्यालय न्युरोड (काठमाडौं) र भक्तपुरमा समेत रकम अपचलन गरी चौलागाईंसमेतका नाममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र झापालगायतका स्थानमा घडेरी र जग्गा खरिद तथा विभिन्न कम्पनी खडा गरी लगानी गरेर सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। कुल दुई अर्ब ६८ करोड ५१ लाख १६ हजार ४३१ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी विभागको छ।
सम्पत्ति जफत प्रयोजनका लागि मनोज भण्डारीलाई पनि प्रतिवादी कायम गरिएको छ।